Logout

चर्चामा

तोकिएको मितिमा चुनाव गराउन गृह मन्त्रालय तयार

843 Shares

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन् ।

गृहमन्त्री अधिकारीले मंगलबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि आवश्यक तयारी गरिसकेको बताएका हुन् ।

आवश्यक सम्पूर्ण तयारी पूरा भएकाले चुनाव गर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उनको भनाइ छ । ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन कुन जिल्ला वा निर्वाचन क्षेत्रमा कसरी गर्ने समेतको खाका बनाइसकेका छौं’ मन्त्री अधिकारीले भने, ‘अब हामीलाई तोकिएको मितिमा चुनाव गर्न केही समस्या छैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार