Logout

चर्चामा

संवैधानिक इजलासमा न्यायाधीशहरुको आन्तरिक छलफल शुरु

919 Shares

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा दुईजना कानुन व्यवसायीको बहस सुनेर न्यायाधीशहरूले आन्तरिक छलफल शुरु गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमा वरिष्ठ अधिवक्ता शम्भु थापा र वरिष्ठ अधिवक्ता महादेव यादव बहस सुरु गरेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

बहसको सुरुमै अभिवक्ता थापालाई न्यायाधीश ईश्वर सोधेका थिए, ‘अन्तरिम आदेश पनि माग्नुभएको छ, अन्तरिम आदेश दिने आधार के छ रु’  जसमा थापाले विश्वासको मत नै नलिएको प्रधानमन्त्रीले विघटन गर्नै नपाउनेसहितका आधारहरू प्रस्तुत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार