Logout

चर्चामा

ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच वार्ता सुरु

1.2k Shares

काठमाडौँ । पार्टी एकतालाई लिएर नेकपा एमालेका दोस्रो तहका नेताहरु पुन वार्तामा जुटेका छन्। नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव माधवकुमार नेपाल समूहले अस्वीकार गरेको भोलिपल्ट दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका हुन् ।

ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच ललितपुरको समिट होटलमा वार्ता सुरु भएको हो। छलफलमा ओलीपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन्। यस्तै, नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भूसाल र भीम आचार्य सहभागी छन्। आजको वार्तामा घनश्याम भुसाल र योगेश भट्टराई सहभागी छैनन्।

यसअघि याक एण्ड यतिमा केही चरण छलफल गरेका नेताहरुबीच आज पुनः ललितपुरको समिट होटलमा वार्ता सुरू भएको छ ।

अध्यक्ष ओलीले यसबीचमा भएका छलफलको सहमति बमोजिम नै जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले अल्मल्याउन र जालझेल पूर्ण रहेको भन्दै अश्वीकार गरेको छ।

त्यसपछि नेपाल समूहले मंगलबार सुदूरपश्चिम प्रदेशमा माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सघाइसकेको छ। एमालेको निर्देशन अवज्ञा गर्दै नेपाल पक्षले माओवादीका मुख्यमन्त्रीको पद जोगाइदिए लगत्तै दुई पक्षका दोस्रो तहका नेता छलफलमा जुटेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार