काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारणले नेकपा एकताको प्रयास अससफल भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ झुठो भएको दाबी गरेका छन्।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आइतबार राति एक सार्वजनिक विज्ञप्ति जारी गदै आफूले नेकपा एकताका लागि प्रयास गरे पनि माओवादी अध्यक्ष दाहालका कारण एकता हुन नसकेको जनाएका थिए।
त्यसको प्रतिवाद गर्दै प्रचण्डले सोमबार आफ्ना कारण एकता असफल नभएको जिकिर गरेका छन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ,’ उनले सामाजिक सञ्जाल ट्वीरमार्फत भनेका छन्, ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।
— ☭ Comrade Prachanda (@cmprachanda) June 7, 2021