Logout

चर्चामा

देउवालाई भेट्न बुढानिलकण्ठ पुगे प्रचण्ड

674 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन्।

सोमबार मध्यान्ह प्रचण्ड देउवा निवास पुगेका हुन्। स्रोतकाअनुसार अहिले देउवा र प्रचण्डबीच भेटवार्ता जारी छ।

‘उहाँ मध्यान्ह १२ बजेतिर बुढानिलकण्ठ आउनुभएको हो। छलफल जारी छ,’ एक नेताले भने। यसअघि प्रचण्डले कोटेश्वर पुगेर माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।

कांग्रेस, माओवादीलगायत ५ विपक्षी गठबन्धनले देउवालाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका थिए। प्रतिनिधि सभा विघटनविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका गठबन्धनले प्रतिनिधि सभा विघटनबारे सर्वोच्चको फैसला कुरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार