कृष्णप्रसाद अधिकारी
दैलेख । राउटे समुदायसंग १२ बर्ष देखिको कुनै एक साथी छ । जुन बेलाबेलामा राउटे समुदायलाई सहयोग गरिरहेको हुन्छ । अरुलाई कोटको राजा र आफुलाई बोटको राजा भन्न मनपराउने राउटे समुदाय कहिले कुनै जंगलमा बस्छन, कहिले कुनै जंगलमा बस्छन् उनिहरु जहाँ जान्छन् त्यहि ठाउँमा त्यो साथी पुग्ने गरेको छ ।
नेपालको सम्पदा र कर्णाली प्रदेशको गहना भनेर चिनिने बिश्वको लोकउन्मुख जाती राउटे कर्णाली प्रदेशको दैलेख र सुर्खेतका विभिन्न ठाउँमा अहिले पनि फिरन्त जिवन बिताउदै आएका छन् । उनिहरुको आफ्नै सस्कार र संकृति छ । आफ्नै बाजा बजाएर गाउँछन रमाउँछन् कयौ बर्ष देखि यस्तै जिवत विताउँदै आएको यस जातिलाई साथीले अन्य समुदाय जस्तै गरि बस्ती बसाल्न प्रयास गरि रहेको छ ।
उनिहरुको आफनै परमपरा भएको कारण उनिहरु कसरी अन्य जाती सरह एकै पटक बदलीन सक्लान पक्कै सक्दैनन् । रहन सहन उतै छ तर उनिहरु बनको राजा हुनै मन पराउने भएकाले सजिलै परिर्वतन कहाँ सम्भव छ । साथीको प्रयास भने टुटेको छैन् ।
१२ बर्ष देखिको साथि संग पछेल्ला समय साथीहरु थपिदै नगएका भने होइनन् । साथिहरु थपिन्छन् सबै साथिहरु त्यो साथि जति प्रघाट र नजिक भने हुन सकेका पक्कै छैनन् । सबै साथिहरु सधै रहन नसक्नु समय र परिस्थितिमा भर पर्ने कुरा हो, आजको साथी भोली नहुन पनि सक्छ आज नभएको साथी भोलि थपिन पनि सक्छ । यसको अधिकार समयलाई नै छ । राउटेका आफ्नै चार्डपर्व हुने गरे पनि तिनिहरु संग भएको साथी अन्य चार्डपर्वमा पनि उनिहरु कहाँ पुगेको हुन्छ । उनिहरु संगै खुसी साटदै रमाउँछ ।
पहिलो पटक दैलेख जिल्लाको आठविस नगरपालिका–२ (साविकको सिंगौडी गाविस)को सिस्ने खोलामा साथी बनेको सोसेक नेपाल दैलेख १२ बर्ष पुगिसकेछ । यति लामो समय सम्म राउटे कतिपटक बसाई सरे होला तर उनिहरुको साथी चैँ छुटेको छैन् । विभिन्न परिस्थितिमा राउटेलाई साथ दिदै आएको सोसेक नेपालको टिम शविबार फेरी राउटे बस्तीमै पुग्यो ।
अहिले कोरोना भाइरस कोभिड–१९ ले बिश्व मानव जाती आक्रान्त छ कति जनाले यसकै कारण ज्यान गुमाउनु पेरको छ । विभिन्न देशहरु संगै नेपालमा पनि निशेधाज्ञा जारी छ । कोरोनाबाट बच्नको लागि निशेधाज्ञा जारी गरि महामारी घटाउ प्रयासमा नेपाल सरकार तथा विभिन्न निकाय लागि रहेका छन् । यस्तो समयमा सबैले घरमै बस्नुपर्ने बाध्यात्मक स्थितिमा सोसेक भने राउटेसंगै छ ।
विश्वमा प्रविधिले फड्को मारेको छ । बजारमा आधुनिक प्रविधि भित्रिएसँगै राउटे समुदायले निर्माण गरेका सामग्री संकटमा पर्न थालेको राउटेहरु बताउँछन् । त्यसैमाथि कोरोना महामारीमा निर्माण गरेका सामग्रीहरु कसैले नकिन्दा गास जुटाउनै समस्या परेको राउटे समुदायका मुखिया ऐनबहादुर शाही बताए । उनले भने– राउटे समुदायका व्यक्तिले विभिन्न काठबाट थाल, कचौरा, झुमा, कोसी, आडी, मधुस, खाट लगायत सामग्री समेत बनाउँदै आएका छन् ।
यस्तो अवस्थामा संस्थाको सहयोग पाउँदा राउटेहरु खुसी देखिन्थे। राउटे समुदायमा सामाजिक सेवा केन्द्र (सोसेक) र गुराँस गाउँपालिकाको आयोजनामा स्वास्थ्य परिक्षण गरिएको छ । लोपोन्मुख जातिमा कोरोना भाईरस संक्रमण भए नभएको जानकारी लिनको लागि एन्टिजेन विधिबाट स्वाव परिक्षण गरिएको हो ।
परिक्षण गर्ने सबै राउटे नमानेपछि ११ जना पुरुषको मात्र स्वाव परिक्षण गरिएको हो । सामान्य तया राउटेले औषधि गर्ने मान्दैनन् । आफ्नो कुल धर्म विरुद्ध हुने भएकाले राउटे महिलाले स्वास्थ्य परिक्षणलाई अस्वीकार गरेपछि । ११ जनाको रिपोर्ट परिक्षण गरिएको गुराँस गाउँपालिकाकाले जानकारी दिएको छ । गाउँपालिकाले बताए अनुसार ११ जनाकै रिर्पोट नेगेटिभ आएको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाट जंगलको भेरी नदि किनारमा बसोबास गर्दैै आएका राउटेमा स्वाव परिक्षण गर्नु अघि राउटेका मुखिया सुर्यनारायण शाही आफ्नो जनतामा कोरोना नलागेको स्वाव परिक्षण नगर्न आग्रह गर्दै आएका थिए । ‘मेरो जनता सँग कोरोना छैन । हामी सरसफाई गरेका छौं किन स्वाव लिनु प¥यो,जनता डराउँछ । कहिल्यै पनि तपाईको जस्तो उपचार गरेको छैन बरु हाम्रो समुदायमा गैरराउटेलाई आउन नदिन प्रहरी पठाई दिनुहोला मुखियाले आग्र्रह गरे ।
केही दिन अगाडी राउटे समुदायका युवक शिवराज शाहीको मृत्युपछि कोरोना आशंकामा स्वाथ्य परिक्षण गरिएको सहयोगी संस्था सोसेकले जनाएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएपनि राउटे नागरिकहरुले पालना गर्दैनन् । उनिहरुलाई खाद्यान्नको जोहो गर्न अहिले पनि विभिन्न गाउँ र बजार डुलिरहनुपर्ने बाध्यता छ । कोरोना संक्रमणको आशंकमा राउटे नागरिकहरुको परीक्षण गरिएको सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए । राउटे नागरिकहरुलाई स्थायी बासिन्दाको सरकारी प्रमाणपत्र दिएको गुराँस गाउँपालिकाका स्वाथ्यकर्मीको टोलीले बस्तीमै पुगेर कोरोना परिक्षण गरेको हो ।
यस्तै कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै सुर्खेतमा पूर्णरुपमा एक महिनादेखि निषेधाज्ञा जारी हुँदा राउटे समुदायलाई परिवारको पेट पाल्नका लागि खाद्यान्न जोहो गर्न समस्या उत्पन्न भएको थियो गाउँमा जाँदा पनि पहिलेको जस्तो सहजै रुपमा अन्न पाउँने वातावरण छैन् ।
कुनै समय आफूले बनाएका सामग्री बोकेरै गाउँ–गाउँ डुलेर अन्नसँग साटेर जीविकोपार्जन गर्ने राउटे समुदायको सीपसमेत संकटमा पर्ने खतरा बढेको बेला एइआएन लक्जेम्बर्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले खाद्यान्न सहयोग गरेको छ । निषेधाज्ञाको समयमा राउटेहरुलाई खाद्यान्न अभाव भएको खबर आएपछि खाद्यान्न सहयोग गरिएको हो ।
अहिले राउटे बस्तीमा ४६ परिवारका एक सय ४३ जना जनसंख्या छ ।
प्रति परिवार एक बोरा चामल, तेल, दाल र खुर्सानी वितरण गरिएको छ । खाद्यन्नसहित राउटे नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामग्रीहरु मास्क, सेनिटाइजरसमेत वितरण गरिएको संस्थापक अध्यक्षले बताए । संस्थाले झण्डै तीन वर्ष समुदायको शिक्षा, स्वास्थ्यसहितको सामाजिकीकरणका लागि राउटे परियोजना सञ्चालन गरेको थियो ।