Logout

चर्चामा

कोरोना जितेपछि पूर्व राजा ज्ञानेन्द्र शाहले दिए यस्तो सन्देश 

654 Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले कोरोना भाइरससँगको लडाई जितसँगै एक सन्देश जारी गरेका छन् । पूर्वराजा रानीले आज एक भिडियो सन्देश जारी गर्दै आफूहरु अस्वस्थ्य रहेको समय शुभकामना दिने सबैप्रति आभार व्यक्त गरेका छन् । 

यस महामारीको समयमा अग्रपंक्तिमा रही कार्यरत सवैमा धन्यवाद दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता औंल्याएका छन् । भिडियोमा पूर्वरानी कोमलले भने अक्सिजन सपोर्ट लिइरहेको देखिन्छ ।


२ मिनेट ३२ सेकेन्डको भिडियो सन्देशमा शाहले भनेका छन्, ‘ हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहनुहुने सवै नेपालीहरुमा आभार व्यक्त गर्दछौं ।

यस महामारीमा दिनरात आफ्नो दायित्व र मानविय कार्य गर्ने सबै अग्रपंक्तिमा रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताहरूमा हामी अन्तर आत्मादेखि धन्यवाद दिन चाहन्छौं । अहिले हामी पूर्ण स्वास्थ्यलाभको क्रममा छौं तर देशभित्र र बाहिरको महामारीको अवस्था प्रति हामी चिन्तित छौं । महामारीको प्रक्रिया जारी छ ।

यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता पर्दछ । प्राप्त अन्तर्राष्ट्रिय सहयोगको लागि पनि धन्यवाद निद चाहन्छु । म सवैलाई सुरक्षित, सावधान र स्वास्थ्य रहन आग्रह गर्दछु ।

उपचारको क्रममा रहनुभएका सबै नेपालीहरुको शिघ्र स्वास्थ्यलाभको कामना साथसाथै महामारीको क्रममा जीवन गुमाउनुहुने सबैमा चिर शान्तिको कामना गर्दछु । श्री पशुपतिनाथले ती सबैको परिवारमा धैर्य धारणको लागि शक्ति प्रदान गरुन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार