Logout

चर्चामा

सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो

1.2k Shares

काठमाडौं ।  सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा थियो । महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको भाउमा उतारचढाव आइरहेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार