Logout

चर्चामा

#विरुनुकास ( वि-रुनु-कास )

4.7k Shares

अरे ! उहाँ भन्नुहुन्छ,

उहाँको पालामा विकास भयो रे।
खै, हुम्लाको सिमिबाट हेर्नुस्,
ताप्लेजुङ को विकटलाई देख्नुस्,
मधेस का गल्ली चिहाउनुहोस्,
पहाड का डाँडा चढ्नुहोस्,
हिमालको हिउँमा पुग्नुहोस्,
थरथर कापिरहेछन् होला मान्छेका बोलिहरु,
अनि, बोल्न डराईरहेछन् होला ओठहरु।

त्यहाँ,
चामल नपाएर पेट सुकाएको कथा,
तिर्खा लाएर घाँटी अख्रीएको पीडा,
औंषधि नपाएर छटपटिएको व्यथा,
केवल भोग्नेहरुलाई थाहा होला।

अरे ! देखिएला सिंहदरबारबाट
विकसित काठमाडौं।
अनी,
हजारौं शिक्षालयहरु,
सयौं अस्पतालहरु,
चिल्ला गाडीहरू,
बोसा जमाएका शरीरहरु,
पैंसा कुरिरहेका पाँचतारेहरु,
पानी भरिएका घरहरु,
काला सडकहरु संगैका
झिलिमिली बत्तिहरु।

तर, देखिदैन त्यि आँखाबाट,
महिनौं लाएर खच्चरबाट
चामल ढुवानी गरिने ठाउँहरु।
अस्पताल नपाएर बाटोमै
ज्यान गुमाएका सुत्केरीका व्यथाहरु।
खाल्डे सडकमा
गाडी पल्टिँई तितरवितर भएका लासहरु,
सिटामोल नपाएर मर्नुपरेका व्यथाहरु,
अनि,टुक्कि बालेर गुजारिने रातहरु,
अहँ, देखिदैनन् केही देखिदैनन् यी सबैहरु।

अवश्य देखिन्छ होला त्यि आँखाबाट,
उहाँका त्यि महलहरु संगै,
त्यि महलमा पालिएका छोराछोरीहरु।
तर,युटर्न भएर त हेर्नुस्,
जेठको घाममा त्रिपाल नपाएर,
मर्नेहरु पनी छन्।
पुसको जाडोमा झुप्रो नभएर,
कठिङ्ग्रीनेहरु पनी छन्।
कलम नपाएर,
क,ख नजान्नेहरु पनी छन्।
स्कुल नभएर,
आफ्नो नाम कपिमा नदेख्नेहरु पनी छन्।
अस्पताल नभएर,
सुई नपाउनेहरु पनी छन्।
दुई छाक खान नपुग्ने लोभले एकै छाक खाएर,
पेट सुकाउनेहरु पनि छन्।
सडकै नभएर,
गाडी नदेख्नेहरु पनी छन्।
चप्पल नलाउनेहरु पनी छन्।
कपडा किन्न दशैं कुर्नेहरु पनी छन्।
मासु खान चाडपर्व पर्खिनेहरु पनी छन्।
यी सबै केही नपाई,
हरेक साँझ बिहान मर्नेहरु पनी छन्।
तर,
देखिदैनन् केही देखिदैनन् यी सबै सिंहदरबारबाट,
अहँ, देख्नुहुन्न तपाईं केही देख्नुहुन्न,
तपाईं का त्यि विकसित आँखाबाट।


                     लेखक - रामचन्द्र जोशी

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार