Logout

चर्चामा

भारतमा कमजोर हुँदै कोरोनाको दोस्रो लहर

568 Shares

काठमाण्डौ । नयाँ दिल्ली– भारतमा कोरोना भाइरसको दोस्रो लहर कमजोर हुन थालेको बताइएको छ ।

करिव ४० दिनपछि भारतमा कोरोना संक्रमणको दर एक दिनमा दुई लाख भन्दा कम पाइएको छ ।

यसअघि १६ अप्रिलका दिन २४ घण्टामा २ लाख १७ हजार ३ सय ५३ जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो १७–१८ दिनदेखि कोभिड–१९ को संक्रमण दरमा तिब्र रुपमा गिरावट आइरहेको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या २६ लाख भन्दा कम भएको बताइन्छ ।

तथ्यांकका अनुसार भारतमा पछिल्ला केही दिनदेखि पोजिटिभिटी रेटको तुलनामा रिकभरी रेटमा समेत वृद्धि भैरहेको छ ।

जसका कारण कोरोनाका सक्रिय संक्रमितहरुको संख्या घट्न थालेको छ ।

भारतमा स्वस्थ्य हुने दर अर्थात रिकभरी रेट करिव ८९ प्रतिशत छ भने मृत्युदर १ दशमलव १४ प्रतिशत छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाको संक्रमणका कारण निधन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार