668
Shares
काठमाण्डौ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेको छ । शुक्रवार तोलाको ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँ बढेर तोलाको ९३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको भाउ घटेको छ । शुक्रवार तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँ घटेर तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।