Logout

चर्चामा

खुट्टा नकमाएर ‘केपी विद्या जोडी’को प्रतिवादमा उत्रन नेताहरुलाई गगनको आह्वान

485 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सचेत नागरिकको साथ लिएर राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न दलहरुलाई आह्वान गरेका छन्।

उनले महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिनेवाला नरहेको दाबी गर्दै  खुट्टा नकमाएर प्रतिवादमा उत्रन दलहरुलाई आह्वान गरेका हुन्।

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हालेका थापाको दाबी छ।

‘महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिनेवाला छैनन्’, थापाले भनेका छन्, ‘नेतागण! नअलमलिउँ, खुट्टा नकमाऔँ, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौँ।’

उनले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई संविधान र संसद दुवै मन नपरेको दाबी गरेका छन्।

‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद, विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक,७६ (३)को सरकार गठन, विश्वासकाे मत लिनुको सट्टा ७६ (५)को आह्वान, अनुकुल नभएपछि फेरि विघटन, कस्तो सेटिङ? प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो लिए’, थापाले अगाडि भनेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार