Logout

चर्चामा

बुधबार देखि दैलेखका सबै बैँक बन्द 

1.3k Shares

कृष्णप्रसाद अधिकारी
दैलेख । दैलेखमा बुधबार देखि बैंकहरु बन्द हुने भएका छन् । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९)  को संक्रमण नियन्त्रणमा नआएपछि दैलेखमा थप एक साता निषेधाज्ञा थप गरियो  निषेधाज्ञा थप भएसंगै बैंकहरु बन्द हुने भएका हुन् । यसअघि लगाइएको निषेधाज्ञा मंगलवार राती १२ बजे सकियको छ ।

जिल्लामा संक्रमणको दर बढ्न थालेपछि पहिलोे चरणमा बैशाख २१ गतेदेखि बैशाख २८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले दोस्रो चरणमा बैशाख २८ देखि जेठ ४ गतेसम्मका लागि म्याद थप गरेको थियो ।
संक्रमणको दर बृद्धि भईरहेको भन्दै प्रशासनले तेस्रो पटक निषेधाज्ञाको म्याद थप गरेको हो । सोमवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले तेस्रो पटक निषेधाज्ञाको म्याद थप गरेको हो । अहिलेसम्म संक्रमितको संख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको उनले प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । जेठ ११ गतेसम्म लागु हुने गरी निषेधाज्ञाको समय थप गरिएको उनले बताए ।

निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहार मैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकका एटिएम सञ्चालनमा रहनेछन् । बैंकका आन्तरिक, प्रशासनिक र राजस्व संकलनका कामहरु बाहेक सबै कामहरु बन्द गरिने छन् । यस्तै एग्रोभेट सेवा, कोभिड–१९ आइसोलेसन व्यवस्थापन लगाएतका सेवाहरु सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । सार्वजनिक निर्माण कार्यहरु निर्माणस्थलमै रहेर सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ ।

प्रशासनले निषेधाज्ञामा धार्मीक कार्यमा समेत कडाई गरेको छ । जिल्लाभर हुने विवाह, ब्रतबन्ध लगाएतका धार्मिक कार्यहरुमा स्थानीय प्रशासनले कडाई गरेको हो । विवाह, ब्रतबन्ध लगाएतका धार्मिक कार्य गर्नका लागि जिल्ला प्रशासन कार्यालय दैलेखबाट पूर्व स्वीकृत लिई बढिमा १० जना मात्रै हुन सहभागि हुने पाइनेछ ।

प्रशासनले गोष्ठि, सभा, सम्मेलन, समारोह, विद्यालय, कलेज, तालिम, जिमखाना, ब्यूटिपार्लर, सैलुन, फेन्सी, हार्डवेयर, होटल, रेष्टुरेन्ट, चिया नास्ता पसल, वित्तिय संस्था, गैरसरकारी संस्था, मनोरञ्जनात्मक गतिविधी, मन्दिर चर्च, धार्मीक अनुष्ठानमा गरिने पुजाआजा ध्यान र अनावश्यक हिँडडुलमा पूर्ण रोक लगाएको छ ।

राष्ट्रिय बाणिज्य बैंक दैलेखले सुचना जारी गर्दै जिल्ला प्रशासनको पत्रानुसार जिल्लामा कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै बैंकका दैलेख शाखा जेठ ५ गतेबाट ११ गते सम्मलाई (आन्तरिक कामकाज, राजश्व संकलन, तथा एटिएम) बाहेकका सबै कामहरु बन्द गरिएको शाखा प्रवन्धक चेतन कुमार बि।सीले जानकारी दिएका छन् ।  उनले बैंक बन्द हुदाँ पर्ने जाने असुबिधा प्रति क्षेमा माग्दै डिजिटल बैंकिङ प्रणालीको प्रयोग गर्ने आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार