Logout

चर्चामा

दैलेखमा कोरोनाले २० को निधन

900 Shares

कृष्णप्रसाद अधिकारी

दैलेख। दैलेखमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । दैलेख जिल्लामा कोरोना संक्रमणबाट २० जनाको मुत्यु भएकोे हो । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार २०७७ मा दैलेखमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको थियो ।

बैशाखयता मात्रै १४ जनाको मृत्यु भएको हो । वैशाख लागेसँगै सुरु भएको कोरोनाको दोस्रो लहरले दैलेखलाई पनि गाँजेको छ । मंगलबार १६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ४ सय ९५ छ । हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ९७ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । उनका अनुसार हाल ३६ जना मात्रै आइसोलेसनमा उपचाररत छन् ।

यस्तै ५ सय ६१ जना कोरोनाका बिरामीहरु होम आइसोलेसनमा छन् । जिल्लामा १ हजार ९ सय ८ जनाले कोरोनालाई जितेर संक्रमणबाट निको भईसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार