Logout

चर्चामा

ट्र्याक्टरको ठक्करबाट दुई युवाकाे मृत्यु

436 Shares

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा बिहीबार से१त ४४४१ नंको ट्र्याक्टरले से३प ३००४ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार मोटरसाइकलमा सवार ३० वर्षीय सुरज जप्रेल र २८ वर्षीय प्रकाश रोकायाको मृत्यु भएको हो।

प्रकाशको घटनास्थलमै र सुरजको उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।

मृतक दुवै कृष्णपुर नगरपालिकाका बासिन्दा रहेका छन् । ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार