Logout

चर्चामा

आजको मौसमः कतै बदली कतै वर्षा

580 Shares

काठमाडौं । मंगलबार देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै अधिकांश स्थानमा बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
महाशाखाका अनुसार मंगलबार दिनभर देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने जनाएको छ  । यस्तै केही स्थानहरुमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यसैगरी राति भने देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने छ भने केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको । यस्तै प्रदेश नं १ र प्रदेश नं २ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण पूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव मौसममा रहेको महाशाखाको भनाइ छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार