Logout

चर्चामा

माओवादी केन्द्रको बैठक पेरिसडाँडामा जारी

623 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गरेपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बसेको हो।

ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रको समर्थन रहेको छ। ओलीले लिने विश्वासको मत असफल गराउने र वैकल्पिक सरकार निर्माणबारे स्थायी कमिटीमा छलफल हुँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार