531
Shares
काठमाडौं । भारतमा कोरोना संक्रमितको कूल संख्या २ करोड २ लाख ७५ हजार नाघेको छ भने मृतकको संख्या २ लाख २२ हजार नाघेको छ ।
वर्ल्डो मिटरको आँकडा अनुसार बितेको २४ घण्टामा मात्रै ३ लाख ५५ हजार संक्रमित थपिएका छन् भने ३ हजार ४३८ संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३ लाख १८ हजार ६५ संक्रमित निको भएका छन् । यससँगै निको हुनेको कूल संख्या १ करोड ६६ लाख पुगेको छ ।
त्यस्तै, संयुक्त राज्य अमेरिकामा संक्रमितको कूल संख्या ३ करोड ३२ लाख ३० हजार नाघेको छ भने ब्राजिलमा एक करोड ४७ लाख ९१ हजार बढीमा संक्रमण पुष्टी भएको वर्ल्डो मिटरले जनाएको छ ।
विस्तृतमा हेर्नुस्