Logout

चर्चामा

आइपिएलः पञ्जाबमाथि दिल्ली क्यापिटल्सको शानदार जित, पुग्यो शीर्ष स्थानमा

1.3k Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

अहमदावादमा भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ७ विकेटले पराजित गरेको हो ।

दिल्लीले १६७ रनको लक्ष्य १७ ओभर चार बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि शिखर धवनले ४७ बलमा ६, पृथ्वी शले २२ बलमा ३९ तथा स्टीभन स्मीथले २२ बलमा २४ रनको योगदान गरेका हुन् ।

यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जाबले ६ विकेटको क्षतिमा १६६ रन बनाएको थियो । उसका लागि कप्तान मयंक अग्रवालले ५८ बलमा सर्वाधिक ९९ तथा दविड मालनले २६ बलमा २६ रनको योगदान गरे ।

जितपछि ८ खेलबाट १२ अंकसहित दिल्ली क्यापिटल्स शीर्ष स्थानमा पुगेको छ । दोस्रो स्थानको चेन्नई सुपर किंग्स र तेस्रो स्थानको रोयल च्यालेन्जर्स बैंग्लोरको समान सात खेलबाट समान १० अंक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार