Logout

चर्चामा

मंगलवारबाट नुवाकोटमा निषेधाज्ञा गर्ने प्रशासनको निर्णय, के-के गर्न पाइन्छ ? (विज्ञप्तिसहित)

658 Shares

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै नुवाकोटमा मंगलवारदेखि निषेधाज्ञा गरिने भएको छ ।

आज जिल्ला प्रशासन कार्यालय नुवाकोटले वैशाख २१ गतेबाट वैशाख २७ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढेसँगै मंगलवारबाट निषेधाज्ञा गर्ने निर्णयमा पुगेको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।

‘बाहिरबाट मानिसहरु आउने क्रम जारी रहेकोले जोखिम भएपछि मंगलवारदेखि बिहान ४ बजेबाट निषेधाज्ञा गर्ने निर्णय गरिएको हो ।’ उनले भने ।

साथै निषेधाज्ञा अवधीभर अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिने उनले बताए ।

त्यस्तै नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि गत बिहीवारदेखि काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा निषेधाज्ञा गरिएको छ ।

n1.jpg

n2.jpg

 

n3.jpg

n 4.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार