Logout

चर्चामा

म्यान्चेस्टर सिटी प्रिमियर लिग उपाधि नजिक

678 Shares

एजेन्सी ।  म्यानचेस्टर सिटी चार सिजनमा तेस्रो इंग्लिस प्रिमियर लिग उपाधिको नजिक पुगेको छ ।

गएराति भएको खेलमा क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको हो ।

आज राति हुने खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी लिभरपुलसँग पराजित भएमा म्यानचेस्टर सिटीले चार खेल बाँकी हुँदै उपाधि पक्का गर्ने छ ।

गएराति अवे मैदानमा भएको खेलमा सिटीका लागि सर्जियो अग्युरो र टोरेसले गोल गरेका हुन् ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३४ खेलबाट ८० अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३३ खेलबाट ६७ अंक रहेको छ ।

गएराति नै राति भएका अन्य खेलमा चेल्सीले फुलह्यामलाई २–०, एस्टन भिल्लाले एभर्टनलाई २–१ तथा ब्राइटनले लीड्सलाई २–० ले पराजित गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार