Logout

चर्चामा

पूर्वप्रधानमन्त्री भट्टराईको पेटमा रहेको ट्युमरको सफल शल्यक्रिया

1.3k Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सफल शल्यक्रिया सम्पन्न भएको छ।

भट्टराईको पेटमा रहेको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको हो। उनकी पत्नी हिसिला यामीले ट्वीटरमार्फत् सफल शल्यक्रिया भएको बताएकी छन्। साथै उनले उपचारमा संलग्न चिकित्सकलाई धन्यवादसमेत दिएकी छन्।

काठमाडौं स्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गरेको हो। भट्टराई बिहीबार नै वीर अस्पताल भर्ना भएका थिए।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए।

त्यहाँ परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियो। शल्यक्रियाबाट ट्युमर भने चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार