दैलेख । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्लामा कार्यरत गैरसरकारी संस्थाहरुलाई आफ्नो स्पष्ट खाका तयार पार्न निर्देशन दिएको छ ।
गैरसरकारी संस्थाहरुको सहभागितामा बिहीवार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालय दैलेखमा दर्ता भएका र अन्य जिल्लामा दर्ता भई दैलेख जिल्लामा कार्यक्षेत्र भएका गैरसरकारी संस्थालाई स्पष्ट खाका सहित स्थानीय तहहरुमा जनचेतामुलक कार्यक्रम, सरसफाई, जनस्वास्थ्यका मापदण्डहरुको पालना लगाएत कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धि काम गर्नुपर्ने निर्देशन दिइएको हो ।
अब दैलेखमा कार्यक्षत्र भएका सबै गैरसरकारी संस्था महासंघले गैरसरकारी संस्थाले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धि गरेका कामको १५÷१५ दिनमा प्रतिवेदन लिने र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी दिनुपर्ने छ ।
बैठकको निणर्य अनुसार कोरोना संक्रमणको जोखिमका कारण विद्यालयहरु बन्द भएको अवस्थामा विद्यार्थीहरुको पठनपाठनमा नकारात्मक प्रभाव पर्नसक्ने भन्दै गैरसरकारी संस्थाहरुले शिक्षा विकास तथा समन्वय ईकाईसँग समन्वय गरी प्राथमिक र माध्यामिक तहका विद्यार्थीहरुका लागि रेडियो कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।
कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि अग्रपंतीमा रहि काम गरिरहेका सुरक्षा निकाय, स्वास्थ्य संस्थाहरुलाई गैरसरकारी संस्थाहरुले मास्क, स्यानिटाइजर, पिपिई तथा सम्भव भएसम्म अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटर लगाएतका स्वास्थ्य सामग्री सहयोग गर्नसक्नेछन् ।
यस्तो छ प्रशासनको निर्देशन
