664
Shares
काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।
यो सँगै भारतमा कुल सङ्क्रमितको संख्या १ करोड ८७ लाख ५४ हजार ९२५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५०१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ८ हजार ३१३ पुगेको छ ।
साथै अहिले सम्म त्यहाँ १ करोड ५३ लाख ६९ हजार ३६२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको संख्या ३१ लाख ७७ हजार २५० छ ।
यसैबीच मृतकको संख्या बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।