Logout

चर्चामा

प्रतिबन्धहरु इमन्दारिताका साथ पालना गर्न डव्लुएचओको अपिल

418 Shares

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले युरोपमा लगाइएको प्रतिबन्धमा कडाई नगर्ने हो भने कोरोनाको थप संक्रमण फैलन सक्ने चेतावनी दिएको छ ।

डव्लुएचओका प्रमुख हैन्स क्लुगले युरोपका अधिकांश राष्ट्रहरुमा नयाँ भेरियन्ट फैलिएको बताउँदै बेलैमा सचेत रहन आग्रह गरेका छन् । उनले भेला र सम्मेलनहरुको आयोजनामा कमी नआएको कोरोना संक्रमितप्रति लापरवाही गरेको स्पष्ट भएकाले कोरोनाको महामारीले थप जटिलता आउने चेतावनी दिएका हुन।

उनले खोप अभियानलाई तीव्रता नदिएका कारण पनि कोरानाले मानिसको ज्यान जान सक्नेप्रति सचेत रहन अपील गरेका छन् । भारतमा कोरोना महामारीको विकराल रुप लिनुमा स्वयं भारत नै जिम्मेवार रहेकाले त्यस्तो स्थिति विश्वका अरु राष्ट्रमा आउन नदिन सचेत रहन उनले आग्रह गरेका छन् ।

अधिकांश युरोपेली राष्ट्रहरुमा संक्रमण दर कम भएपनि अझै पनि केही राष्ट्रहरुमा कोरोनाको महामारी फैलन सक्ने डव्लुएचओको प्रक्षेपण छ ।
यसैबीच फ्रान्सले आफ्नो देशमा लगाएको प्रतिबन्ध बिस्तारै कम गर्दै लगेको छ । त्यहाँ सभा सम्मेलन गर्न लगाइएको रोकमा केही हदसम्म फुकुवा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार