Logout

चर्चामा

निषेधाज्ञामा क-कसलाई चाहिँदैन पास ?

704 Shares

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामका लागि निस्केकाहरूलाई पास नचाहिने प्रष्टाएको छ।

अत्यावश्यक बस्तुका सवारी साधन, बैक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी र सार्वजनिक संस्थान, विमानस्थल जाने र आउने यात्रुलाई सवारी पास नचाइने प्रशासन कार्यालयले जनाएको छ।

काठमाडौंमा कोरोना बढेपछि आजदेखि एक साता निधेषाज्ञा लगाइएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा लागु छ। कार्यालयकी प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले आज विज्ञप्ति निकालेर मृत्यु संस्कार र अत्यन्त जरूरी कार्यबाहेक कार्यालयबाट पास उपलब्ध नहुने उल्लेख गरेकी छन्।

अत्यावश्यक काम र पास आवश्यक नपर्नेहरूले कतै अवरोध भएमा १०० र १०३ मा फोन गर्न पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ।

विज्ञप्ति

ktm.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार