Logout

चर्चामा

जसपा ओली सरकारमा जान आतुर, मन्त्री बन्ने क कस्को सम्भावना

3.2k Shares

काठमाडौं । जनता समाजवादी पार्टी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना बढदै गएको छ । जसपालाई सरकारमा ल्याउन सरकारनै लागि परेकोले सम्भावना बढेको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवलाई मनाउन सके सरकारमा जाने निश्चित हुनेछ । अध्यक्ष महन्थ ठाकुर सरकारमा सहभागी हुने पक्षमा छन् ।

जसपा सरकारमा गएमा ८ देखि १० वटा मन्त्रालय पाउने सम्भावना छ । जसपाले  उपसभामुख पनि पाउने गरी सहमति बन्न सक्छ ।


 उपेन्द्र यादव या राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने सम्भावना बढेको छ । तर, यादव ओलीलाई साथ दिने पक्षमा छैनन् ।

जसपाबाट महतोलाई उपप्रधानमन्त्री सहित महत्वपूर्ण मन्त्रालयको प्रस्ताव पुगिसकेको छ । मन्त्री बन्ने सम्भावितमा राजेन्द्र श्रेष्ठ, महेन्द्र राय, शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, मोहम्मद इस्तियाक राइ, उमाशंकर अगरिया, प्रदीप यादव, रेणु यादवलगायत छन् । रेणु यादवलाई उपसभामुख बनाउने सम्भावना बढी छ।

 जसपालाई सरकारमा ल्याउन प्रधानमन्त्री ओलीले प्याकेजमै सम्झौता गर्ने गृहकार्य बढाएका छन् । उनले अध्यक्ष महन्थ ठाकुरसँग पटक पटक भेटवार्ता गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार