Logout

चर्चामा

अब हवाई यात्रुले विमानस्थलका ट्याक्सी घरमै बोलाउन पाउने

633 Shares

काठमाडौं । त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाईयात्रुले शहरबाट विमानस्थलसम्म आउन घरमै ट्याक्सी बोलाउन सक्ने छन् । तर, यो सुविधा त्रिभुवन विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटवाला एयरर्पोट प्रिपेड ट्याक्सीको हकमा मात्र लागू हुने छ ।

त्रिभुवन विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै यस्तो जानकारी गराएको छ ।

विमानस्थल कार्यालयका अनुसार हवाई यात्रुले वैधानिक हवाई टिकटरपासपोर्टरभिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्ने भएका छन् । यसका लागि सवारी साधनको सुविधा लिनु परेमा भने प्रिपेड ट्याक्सी बोलाउन सकिने भएको हो ।

कार्यालयका अनुसार प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सम्बन्धित स्थानमा पुग्ने छन् । त्यसका लागि विमानस्थल कार्यालयले फोन नम्बर समेत सार्वजनिक गरेको छ ।

सरकारले काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा घोषणा गरेको छ । यस क्रममा हवाई यातायात भने खुला रहेको छ ।
हेनुहोस सुचना

suchana.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार