Logout

चर्चामा

प्रधानमन्त्री ओली आइसोलेशनमा !

5.3k Shares

काठमाडौँ । आफ्नो सम्पर्कमा आएका नेताहरुलाई कोरोना भाइरसको संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेशनमा बसेका छन्।

पछिल्लो पटक नेता खिमलाल भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएपछि उनी आइसोलेशनमा छन्।

प्रधानमन्त्री ओली पनि भट्टराईसँगको सम्पर्कमा आएकाले आइसोलेशनमा बसेको बताइएको छ । अहिलेसम्म ओली पक्षका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेताहरुलाई कोरोना संक्रमण देखिएपछि केन्द्रीय समिति बैठकमा सहभागी भएकाहरुको कन्ट्याक ट्रेसिङ्ग भइरहेको बताइएको छ ।

यो पनि हेनुहोस

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार