734
Shares
काठमाडौं । गण्डकी प्रदेश सभाको जारी विशेष अधिवेशनमा कोरोना संक्रमित प्रदेश सभा सदस्यहरुलाई बस्नको लागि छुट्टै व्यवस्था गरिएको छ। बैठकको सुरुवातमै सभामुख नेत्रनाथ अधिकारीले कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सांसद्हरुलाई बस्नको लागि विशेष व्यवस्था गरिएको जानकारी दिए।
‘केही माननीय सदस्यहरुको पोजेटिभ रिपोर्ट आएको जानकारी भएको छ। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि परेको अविश्वास प्रस्तावमाथि बुधबार पनि छलफल जारी छ।
मंगलबार सत्तारुढ एमालेका तर्फबाट राजीव पहारीले पिसिआर परीक्षण नगरी बैठक सञ्चालन नगर्न आग्रह गरेका थिए। त्यसपछि एमाले प्रदेश सभा सदस्यहरुले बैठक अवरोध गरेका थिए।
गण्डकीका तीन जना प्रदेश सभा सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।