617
Shares
काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी गौरव बस्नेतलाई दिएको छ ।
एन्फाले बुधबार बस्नेतलाई फुटसल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पेको हो । एन्फा फुटसल कमिटीले बस्नेतलाई मुख्य प्रशिक्षकका लागि सिफारिस गरेको थियो ।
बस्नेतले यसअघि फुटसल टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी पनि सम्हाली सकेका छन् । बस्नेत एएफसी–एन्फा ‘ए’ लाइसेन्स होल्डर प्रशिक्षक हुन् ।