1.3k
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बालुवाटार पगेका छन् । आज केही समयको भेटपछि विप्लव बालुवाटारबाट बाहिरिएका छन् ।
केही बेरपछि फेरि एक चरण बालुवाटारमै प्रधानमन्त्रीसँग भेटवार्ता हुने र त्यसपछि राष्ट्रियसभागृह जाने कार्यक्रम रहेको छ । विप्लवलाई काठमाडौं प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ ।
सरकारसँग भएको तीनबुँदे सहमतिसँगै आज उनी काठमाडौंमा हुने एक कार्यक्रममार्फत सार्वजनिक हुनेछन् ।