Logout

चर्चामा

तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने सरकारको निर्णय

719 Shares

काठमाडौँ ।  सरकारले कोरोना संक्रमण बढ्दै गए पनि तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय  गरेको छ।  

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको हो ।

देशभर सबै ठाउँमा लकडाउन नहुने स्थितिमा नागरिकलाई भैपरी आउँदा आवत(जावत सहज बनाउन हवाइ उडान तत्काललाई बन्द नगरिएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले  जानकारी दिए ।

तर, हवाई यात्रुहरुले स्वास्थ्यसम्बन्धी मापदण्डहरु भने कडाइपूर्वक पालना गर्नुपर्ने मन्त्री ज्ञवालीले बताए । मन्त्री ज्ञवालीका अनुसार हवाई यात्रुहरूमा स्वास्थ्य प्रोटोकल कडाइपूर्वक पालना गरेरनगरेको निगरानी सम्बन्धित निकायले गर्नेछ ।

प्रतिकूल अवस्था आए जुनसुकै बेला हवाइ उडानबारे थप निर्णय गर्न सकिने उनको भनाइ छ । यस्तै सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान पनि बन्द नगर्ने भएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार