Logout

चर्चामा

सम्माननीय प्रधानमन्त्री ज्यु ! उद्घाटन, शिलान्यास रोकेर महामारी नियन्त्रणमा ध्यान दिनुस् : अध्यक्ष थापा

510 Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । 

कोरोना संक्रमणको दोस्रो लहरले देश आक्रान्त भएको समयमा उद्घाटन, शिलान्यासलाई छाडेर महामारी नियन्त्रणमा सरकारको ध्यान जानका आवश्यक रहेको थापाको भनाइ छ । 

अध्यक्ष थापाले कोरोना अनियन्त्रित र विकराल बन्दै गरेका अवस्थामा अहिले जनताले स्वयं प्रधानमन्त्रीबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न तथा बुझ्न चाहेको बताए । 

अध्यक्ष थापाले कोरोना महामारीले अवस्था भयावह बन्दै गरेको अवस्थामा अहिले योजनाहरुको शिलान्यास र उद्घाटन गर्नेभन्दा महामारी नियन्त्रण गर्नेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए । 

दुःखको बेला जनताले सरकारको भरोसा खोजिरहेका भन्दै अध्यक्ष थापाले महामारी नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएका हुन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार