Logout

चर्चामा

कोरोना संक्रमण नियन्त्रणकालागि तत्काल देशव्यापी लकडाउन हुँदैन : मन्त्री ज्ञवाली

662 Shares

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल देशव्यापी लकडाउन नहुने प्रष्ट पारेका छन्। बालुवाटारमा आइतबार बिहान बसेको नेकपा एमालेको बैठकपछि सञ्चारकर्मीहरुमाँझ मन्त्री ज्ञवालीले तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको प्रष्ट पारे।

उनले भने, ‘देशव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौँ, केही ‘हटस्पट’ मा भने स्थानीय तवरबाटै लकडाउनको निर्णय हुन सक्छ।’ एमालेको केन्द्रीय समिति बैठकले कोरोना संक्रमण रोकथामका लागि सिंगो पार्टीपंक्तिलाई परिचालन गर्ने निर्णय गरेको पनि ज्ञवालीले जानकारी दिए।

उनले अस्पतालहरुमा अक्सिजन अभाव हुन सक्ने सम्भावना रहेकोले अक्सिजन प्लान्टहरुलाई पूर्ण क्षमतामा चलाउन, खोप अभियानलाई बिस्तार गर्न आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको बताए।

विदेशबाट आउनेहरुलाई क्वारेन्टिनम राख्न स्थानीय तहहरुसँग पहल गरिने उनले बताए। ‘सिंगो पार्टी पंक्तिलाई कोरोना रोकथाममा खटाउन निर्देशन दिने निर्णय भएको छ’, ज्ञवालीले भने।

उनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको सम्बनधमा पनि बैठकमा छलफल भएको बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार