काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेदरल्यान्डमाथि जीत हासिल गरेको भन्दै नेपाली टोलीलाई बधाई दिएका छन् ।
आइतवार सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाली क्रिकेट टिमलाई उनले बधाई दिएका हुन् । उनले भनेका छन्,'नेपाल,मलेसिया र नेदरल्यान्डबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले नेदरल्यान्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !'
नेपाल,मलेसिया र नेदरल्याण्डबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाईनल खेलमा नेपालले नेदरल्यान्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !
— K P Sharma Oli (@kpsharmaoli) April 25, 2021