Logout

चर्चामा

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरसकार

857 Shares

काठमाडौं ।  एसिड आक्रमणमा परेकी मुस्कान खातुनले अमेरिकाको प्रतिष्ठित पुरस्कार प्राप्त गरेकी छिन् । अमेरिका सरकारले मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने भएको हो ।

तेजाब आक्रमणपछि मुस्कानले गरेको साहसका लागि यो पुरस्कार प्रदान गर्न लागिएको हो । ८ मार्चमा हुने एक भर्चुअल कार्यक्रमबीच अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले मुस्कानलाई ‘अन्तर्राष्ट्रिय साहसी महिला’ पुरस्कार प्रदान गर्ने छन्।

१५ वर्षअघि स्थापना भएको आईडब्ल्यूओसी पुरस्कार प्रत्येक वर्ष ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका महिलालाई प्रदान गर्ने गरिन्छ। यो अवार्ड पाकिस्तानकी किशोरी मलाला युसुफजईले पनि प्राप्त गरिसकेकी छिन् ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै मुस्कानमाथि २०७६ मा वीरगञ्जमा एसिड आक्रमण भएको थियो । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार