Logout

चर्चामा

टी-२० सिरिज फाइनल : नेपालले नेदरल्याण्ड्सलाई दियो २३९ रनको लक्ष्य

560 Shares

काठमाडौं । दुई कुशल (कुशल भुर्तेल र कुशल मल्ल) र उपकप्तान दीपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङको मद्दतमा नेपालले त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सलाई २३९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको हो ।

टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले यही सिरिजमा दुई पटक २०० रन कटाएको थियो । यसअघि नेपालले सन् २०१९ मा १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार