771
Shares
काठमाडौं । पाकिस्तानको क्वेटास्थिति एक होटलमा चिनियाँ राजदूत लक्षित गरी भएको बम विस्फोटमा कम्तीमा चार जना मारिएका छन् । अन्य ११ जना घाइते भएका छन्।
सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूत नोन रङलाई लक्षित गरिएको आशङ्का गरिएको बीबीसीले जनाएको छ।
उनी अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेका थिए । तर विस्फोटका बेला उनी घटनास्थलमा थिएनन् ।
घटनाको जिम्मेवारी पाकिस्तानी तालिबानले लिएको छ।