Logout

चर्चामा

कार्की आयोग प्रतिवेदनमाथि हर्क साम्पाङको प्रश्न: ‘सिंहदरबार कसले जलायो?’

1k Shares

काठमाडौं । हर्क साम्पाङ ले कार्की आयोगको प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ‘सिंहदरबार कसले जलायो?’ भन्ने प्रश्न गरेका हुन्। उनले दोषी पहिचान गरी कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्।

उनले आफ्नो स्टाटसमा लेखेका छन्, “सिंहदरबार कसले जलाएको रैछ? जलाउनेलाई कारबाही हुनुपर्छ।”

यससँगै उनले कार्की आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै उक्त प्रतिवेदन ‘ल्याङफ्याङ’ देखिएको टिप्पणी गरेका छन्।

साम्पाङको यो अभिव्यक्ति सार्वजनिक भएसँगै प्रतिवेदनको विश्वसनीयता र त्यसमा समेटिएका निष्कर्षबारे थप बहस सुरु हुने देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार