1.2k
Shares
काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा माओवादी स्थायी कमिटी बैठकको निर्णयप्रति कटाक्ष गर्दै यो निर्णय हो कि अनिर्णय हो ? भनी प्रश्न गरेका छन।
नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने निर्णय अध्यक्ष प्रचण्डलाई दिएको छ। रिजालले यसै विषयलाई लिएर माओवादीको सामर्थ्यमाथि प्रश्न नै उठाएका हुन्।
जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट वैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रस्ट हुँदैन ररुु उनले आज एक ट्विट गर्दै प्रश्न गरेका छन्।
रिजाल प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बोलाएको १० औं महाधिवेशन आयोजक कमिटी बैठकमा सहभागी भएका थिए। त्यसै दिनदेखि उनी ओलीतिर खुलेका छन्।