Logout

चर्चामा

नयाँ सरकार नबन्दै बालेन र रविलाई विदेशी सरकार प्रमुखको बधाईको ओइरो

1k Shares

काठमाडौं । नयाँ सरकार गठन हुनुअघि नै रवि लामिछानेबालेन्द्र साह (बालेन) लाई विभिन्न देशका सरकार प्रमुखबाट बधाई सन्देश आउन थालेको छ।

चुनावअघि बेलायतबाट शुभकामना प्राप्त भएको थियो भने चुनावपछि अमेरिकाबाट पनि बधाई सन्देश आएको बताइएको छ। मतगणनाको नतिजापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ बहुमत प्राप्त गरेसँगै भारत, बंगलादेश र भुटानका प्रधानमन्त्रीहरूले पनि दुवै नेतालाई बधाई दिएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले रवि लामिछाने र बालेनसँग टेलिफोन संवाद नै गरेका छन्। मतगणनाको लगभग अन्तिम नतिजा सार्वजनिक भएपछि मोदीले फोनमार्फत आमनिर्वाचनमा प्राप्त विजयका लागि बधाई दिएका हुन्।

मोदीले सामाजिक सञ्जालमार्फत आफूले दुवै नेतालाई व्यक्तिगत रूपमा तथा रास्वपाले हासिल गरेको उल्लेखनीय सफलताका लागि बधाई दिएको जानकारी दिएका छन्। उनले नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै नेपाल–भारतबीचको पारस्परिक समृद्धि, प्रगति र जनकल्याणका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको पनि बताएका छन्। साथै आगामी वर्षहरूमा दुई देशबीचको सम्बन्ध अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

यसैबीच बंगलादेशका प्रधानमन्त्री तारिक रहमान ले पनि नेपालमा सम्पन्न संसदीय निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्। उनले ५ मार्च २०२६ मा सम्पन्न निर्वाचनलाई महत्वपूर्ण लोकतान्त्रिक अभ्यासका रूपमा उल्लेख गर्दै यसले नेपाली जनताको आकांक्षा, सहनशीलता र लोकतान्त्रिक संस्थाको मजबुतीलाई प्रतिबिम्बित गरेको बताएका छन्। साथै बंगलादेशले नेपालसँगको दीर्घकालीन मित्रता र सहकार्यलाई नयाँ सरकारसँग मिलेर अझ मजबुत बनाउने अपेक्षा गरेको बताएका छन्।

यस्तै भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे ले पनि २१ फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा रवि लामिछाने र बालेनलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई दिएका छन्।

उनले आगामी सरकारसँग मिलेर नेपाल र भुटानबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउने इच्छा व्यक्त गरेका छन्।

 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार