580
Shares
काठमाडौँ । बुधबार सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १३ सयले बढेर ९२ हजारमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।