Logout

चर्चामा

नेपाललाई जीटूजीमा रासायनिक मल उपलब्ध गराउन भारत सहमत

418 Shares

काठमाडौं । नेपालललाई आगामी पाँच वर्षसम्म जीटूजी (सरकार-सरकार) मोडलमा रासायनिक मल उपलब्ध गराउन भारत सहमत भएको छ । नेपालले दुई देशबीच जीटूजीमा मल खरिदका लागि गरेको प्रस्तावमा भारतले सहमति जनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

भारतले पठाएको जीटूजी मल खरिदको सहमतिको पत्र सोमबार आफ्नो हातमा परेको मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले  बताए । ‘इतिहासमै पहिलो पटक नेपालका लागि पाँच वर्षसम्म रासायनिक मल उपलब्ध गराउन भारत तयार भएको छ । यो नेपालका लागि ठूलो उपलब्धि हो,’ सचिव कार्कीले भने ।

भारतको सहमतिअनुसार नेपालले प्रतिवर्ष दुई लाख मेट्रिकटन रासायनिक मल भारतबाट खरिद सुनिश्चितता हुने सचिव कार्कीको भनाइ छ । त्यसमा करिब ७० हजार मेट्रिकटन डीएपी र एक लाख ३० हजार मेट्रिकटन हाराहारी युरिया हुने मन्त्रालयले जनाएको छ ।

सहमति प्राप्त भए लगत्तै मल खरिदका लागि भारतसँग एमओयूको तयारी थलिएको मन्त्रालयले जनाएको छ । नेपालले यसअघि २०१३ मा निश्चित परिमाणमा मात्रै मल भारतबाट जीटूजीमा खरिद गरेको थियो । त्यसयता जीटूजीका लागि नेपालले पटक पटक पहल गरे पनि भारतले सहमति दिएको थिएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार