Logout

चर्चामा

 नेपाल समुहलाई ६ महिनाको निलम्बनले पुग्दैन : एमाले नेता थापा

819 Shares

काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतका नेताहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्ने बताएका छन् ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र उपस्थित बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन गरेको थियो । अध्यक्ष एवं संसदीय दलका नेता ओलीले मंगलबार मात्र उनीहरुसहित २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेका छन् ।

ओली समूहका नेता कर्णले सबैलाई कारबाही गर्नुपर्ने बताए । पार्टी सम्वद्ध खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले भने, ‘माधव नेपालहरुलाई अब ६ महिनाको निलम्बनले पुग्दैन, उहाँहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्छ ।’

पार्टीमा राख्दासम्म भ्रम सिर्जना गर्ने र केही मान्छे एकीकृत गरेर अन्तै लैजाने उनको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार