Logout

चर्चामा

आफ्नै बाउबाट इज्जत गुमाएकी छोरीले अरुबाट आफ्नो इज्जत जोगाउन सक्छे होला र ?

2.2k Shares

काठमाडौँ । यस्तो माघ महिनाको समय , बाहिर निस्कियो भने जाडोले मुटु लग लग काम्छ त्यसैले उचाल्न नसकिने सिरक ओढेर म सुतिरहेकी थिए । मेरो शरीरमा लपेटिएको त्यो सिरक फाल्दिदै बाबाले उठाउदै भन्नू भयो उठ छोरी अहिले फेरि स्कुल जान ढिला हुन्छ । म भने स्कुल जान भने पछि सरै नै अल्छी गर्नी अझ यस्तो जाडोमा कठाङ्ग्रीदै त झन को जावस र त्यसैले बाबाले फालिदिएको सिरक तान्दै भने नाइ बाबा आज म स्कुल जान्न है भन्दै फेरि मुख छोपेर सुते ।

बाबाले फकाउदै भन्नू भयो जाउ छोरी स्कुल त जान पर्छ भोलि पर्सि पढेर ठूलो मान्छे बन्नु पर्छ नि । मलाई थाहा थिएन बाबाले भनेको ठुलो मान्छे कस्तो हो तर मेरो बुद्धीले भ्याएको भनेको म त नपढी ठुलो मान्छे बन्न नपाउने रैछु पढेपछि मात्रै मम्मी जत्रै हुने रहिछु । मलाइ मम्मी जत्तिकै हुनु थियो त्यसैले स्कुल जाने निधो गरे । मम्मिले मेरो कपाल कोर्दिनु भयो खाना खाएर दिनको लागि खाजा झोलामा राखेर अङ्कल सङ लागे स्कुल तर्फ ।

उहाँले पनि मेरै स्कुलमा पढाउनु हुन्थ्यो । बाबाले भन्ने गर्नु हुन्थ्यो छोरी अहिलेको समय अत्यन्तै खराब छ तिमी अङ्कल सङै हिड्ने गर है । नचिनेको मान्छेले दिएको केही पनि नखानु , कसैले कतै जाम भन्लान नजानु है । मैले बाबाले भनेको कुराको राम्रो सङ्ग पालन गरेकी थिए त्यसैले त म अङ्कल सङै स्कुल जाने गर्थे नि । म जति बेला खाली हुन्थे त्यति बेला अङ्कलसङ गएर बस्ने गर्थे , उहाले पनि मलाई सारै माया गर्नु हुन्थ्यो ।

मम्मिले मेरो निधारमा किस गर्नु भयो बाबाले अङ्कल सङ्ग छोरीलाई राम्ररी लैजा है भन्दै आफ्नो काम तर्फ लाग्नु भयो । सधै जस्तो आज पनि म अङ्कल सङ्ग स्कुलको लागि घरबाट निस्किए । हामिलाइ स्कुल पुग्न करिब करिब एक घण्टा नै पैदल हिड्नु पर्थ्यो । स्कुल र हाम्रो घरको बिचमा एउटा पनि घर थिएनन् , ठुला ठुला सालका रुख मुनि खनिएको मोटरबाटै बाट् हामी स्कुल जाने गर्थौ ।

घरबाट थोरै पर पुगे पछि एउटा खोलो आउथ्यो , हामी त्यही पुगेका थियौ अङ्कले मलाइ आज छिटो जानी काम छ भन्दै त्यही खोलाको किनारै किनार तल झन्नु भयो । म त्यो बाटो कहिलै पनि हिडेकी थिइन् मेरो लागि त्यो छोटो बाटो पुरै नया थियो । केही तल पुगे पछि एउटा कुलोको बाध आयो हामी त्यही कुलै कुल अल्लि पर पुग्यौं त्यसपछि अङ्कलले मलाइ हाप्प गर्नु भयो । हाप्प गर्दै मैले बोकेको झोला झिकेर कुलो मास्तिर को ढिकमा राख्दै मेरो गालामा टोक्नु भयो ।

म सात बर्षे एक अबोध वालिकालाई केहि थाहा थिएन अङ्कल मसङ्ग के गर्दै हुनुन्छ भन्नी । मैले लगाएको मेरो फुर्के जामा खोलिदिएर मलाइ ढिकमा सुताउदै आफू म माथी आएर सुत्नु भयो । अङ्कलको यस्तो हर्कत देखेर मलाइ सारै नै डरलाग्यो अनि सोधे अङ्कल के गर्नु भएको हजुरले यस्तो तर उहाले कुनै जबाफ दिनु भएन मात्र मेरो योनि भित्र आफ्नो लिङ्ग बारम्बार राखिरह्नु भयो ।

मेरो योनि देखि लिएर पेट सम्म अत्यन्तै दुखाउन थाल्यो मैले खटाउनै सकिन अनि जोर जोर सङ्ग मम्मी मम्मी भन्दै रुदै चिच्याइ रहे तर त्यो घोनाघर जङ्गलमा मेरो चिच्याहट सुनिदिनि कोहि भएनन । त्यती ठुलो शरीरले च्यापेको थियो मलाइ, मसङ हटाउन सक्ने क्षमता त हुनि कुरै भएन तर प्रयत्न पनी नगरेकी चाहि होईन ।

हटाउनको लागि उहाँको शरीरमा जहाँ भेट्थे त्यही  टोके तर पनि मेरो केहि सीप लागेन । रुदा रुदै कतिबेला बेहोस भइ छु पत्तै पाइन , आँखा खोलेर हेर्दा अधिको स्थान भन्दा केही अगाडी खोलाको किनारमा आफुलाइ भेटे । धेरै रोएको भएर होला घाटी सुकेर थुक निल्न पनि अफ्ट्यारो भैरहेको थियो ।

यता उती हेरे अङ्कललाइ भने त्यहा नजिक कतै पनि देखिन सायद मरि भनेर मलाई त्यहा फालेर जानू भयो होला । यसो हेरेको मेरो योनिबाट रगतको भल बगिरहेको थियो । खुट्टा पनि रगतले धोए जस्तै भएका थिए । सारै नै दुखाइ रहेको थियो अझ पछाडिको ढाडमा पनि काटेको रहेछ । शरीरमा एउटा पनि बस्त्र थिएनन पुरै नाङ्गिएकि थिए म । बल्ल बल्ल उठे मसङ्ग हिड्न सक्ने शक्ति अलिकति पनि थिएन ।

प्रत्येक अङ्ग अङ्गमा ढुङ्गाले थिचे जस्तै भएको थियो । एक दुई पाइला  के चालेकी थिए रगतको पैताला सम्मै धारा बग्न थाल्यो । माथी बाटो तर्फ हेर एउटा दाइ घाँस बोकेर जाँदै हुनुन्थ्यो , उहालाई देख्न साथ म चिच्याइ चिच्याइ रुन थाले । म रोएको सुनेर उहाँ म तर्फ फर्किनु भयो , मलाई देख्न साथ आफुले बोकेको भारी त्यही फालेर मेरो नजिक आएर उभिनु भयो । मेरो यो हालत देखेर उहाका आँखा आसुले टिलपिल टिलपिल भरीए ।

उहाँले केही भन्नू भएन सायद मेरो अबस्था देखेरै सबै कुरा बुझ्नु भयो होला । अनि आफुले लगाएको सर्ट खोलेर मेरो शरीर त्यसैले बेरेर आफ्ना दुबै हातमा तेर्सो बनाएर सुताउदै घर लैजानु भयो । मम्मी बाबाले पिडिमा मकै छोडाउदै हुनुन्थ्यो , मलाइ दाइको काखमा त्यो विरत्तलाग्दो अवस्थामा देख्न साथ मम्मिले मलाइ गम्लङ्ग अङ्गालो मारेर चिच्याउदै रुन थाल्नु भयो मैले पनि खटाउन सकिन अनि मम्मी सङ्गै रोए ।

मैले आज सम्म बाबा रोएको देखिकी नै थिएन , बाबा पनि आफ्नो टाउको खाबोमा ठोक्दै रुन थाल्नु भयो । घरमा रोएको सुनेर तल्तिर मास्तिरका सबै मेरो घरमा आएर घेरा लगाउन थाले । जो आउथ्यो मेरो यस्तो अवस्था देखेर दुबै हातले मुख छोप्दै रुदै पछाडि फर्किन्थे । बाबा घिसारिदै मेरो नजिक आउनु भयो अनि मेरा आँखाबाट बगेका ती आसु पुसिदिदै सोध्नु भयो नानी कस्ले गर्यो तिमिलाइ यस्तो ? मैले बाबालाइ सबै कुरा बताए ।

मेरो कुरा सुनेर बाबा छागाबाट खासे जस्तै हुनु भयो अचम्म पर्दै ह भनेर जुरुक्क उठेर खै कता जानू भयो । मेरो स्थिती सारै नै नाजुक बनेको थियो त्यसैले उपचारका लागी लैजानु भयो । म हस्पिटलमा रहदा मलाई भेट्न आउनिको कमि भने भएन पुलिस देखि लिएर ठुला ठुला पदमा बसेका व्यक्तिहरु समेत आइ रहन्थे ।

त्यति मात्रै होइन पत्रकारहरु पनि मेरो इन्टर भ्यु का लागि आइ नै रहे । नेपालको कानुनले उनीहरुलाइ मेरो फोटो प्रकाशन गर्न भने अनुमति दिएको थिएन यदि मेरो मृत्यु भएको भए चाहिँ उनिहरुले प्रकाशन गर्न पाउथे तर म जिवित थिए त्यसैले उनीहरुले पाएनन् । तिनदिनको उपचार पछि मलाई हस्पिटलले घर पठाइदियो ।

अङ्कल भने फरार भएकाले पुलिसले खोजिरहेको थियो । नेपालको कानुन अत्यन्तै कडा त्यसैले पुलिसहरु आफै नै डराइरहेका थिए किन भने यदि पुलिसले फरार बलात्कारिलाइ फरार भएको मिति देखि एक हप्ता सम्म पत्ता लगाउन सकेन भने त्यो शाखाको प्रमुखले राजिनामा दिनु पर्थ्यो । बलात्कारीलाई पनि अत्यन्तै कडा कानुन थियो, आजिबन जेल सजाय । (यहाँ प्रयोग भएको कानुन काल्पनिक मात्र हो) ।

सायद त्यही डरको कारणले गर्दा उनी भागेका होलान तर धेरै दिन भने उनी लुक्न सकेनन् , छ दिनका दिन नेपाल भारत सिमाबाट उनलाइ प्रहरीले पक्राउ गरि सिधै हाम्रो घर लिएर आयो । अङ्कल डरले थुर थुर कापिरहेका थिए उनलाइ देख्न साथ बाबाले रुदै गालामा एक थप्पड लगाएर थुक्क नालायक भन्दै अङ्कलको मुखमा थुक्नु भयो , बाबाले अझै हान्न खोज्दै हुनुन्थ्यो तर पुलिसले रोके ।

बाबाको मनमा रिसको भन्दा पनि पिडाको आगो बढी दन्किएको थियो । त्यसैले त बाबा आफुलाइ रोक्न सक्नु भएन , रुदै रुदै अङ्कलको सर्टमा दुबै हातले समातेर भन्न थाल्नु भयो भाइ मैले त मेरि छोरी बाहिर सुरक्षीत छैन भनेर त सङ्ग पठाए तर तैले त म जस्तो सोझो दाइको बिश्वास लुटिस ।

बिचरा मलाइ के थाहा मेरो छोरी आफ्नै घर परिवारबाट नै असुरक्षीत छ भन्नी अब भन त मैले कसको बिश्वास गरु , तैले जो मेरि छोरि हो भनेर एक चोटि पनि सोच्न सकिनस भने बाउबाटै इज्जत गुमाएकी छोरीले अरु को बाट नै आफ्रनो इज्जत जोगाउन सक्छे होला र ? । अनि टोपिले आँसु पुस्दै घर बाट निस्किनु भयो । आफुले लगाएका बुटले एक लात हान्दै पुलिसले अङ्कललाइ मेरो खुट्टामा ढोगेर माफ माग्न लगाए ।

जुताको माला लगाइदिएर , मुखमा कालो मोसो दलेर , ट्रयाक्टरको टोलिमा नाङ्गो बनाएर बलात्कारिलाइ जुत्ताले हान भन्दै माइकिङ गरेर पुरै जिल्ला परिक्रमा गराए । त्यसपछि जिल्ला अदालतले उनलाई आजिवन जेल सजाय सुनायो । अरु कैदीलाई आममाफीदिने वा धरौटीमा छुट्ने नियम भए पनि बलात्कारिलाई भने त्यस्तो कुनै सुबिधा थिएन । सजाय सुनाएको यस्तै २ , ३ दिन भएको थियो होला पुलिसको गाडी हाम्रो घर अगाडि आएर उभियो ।

सेतो कपडा ओढाएर गाडिबाट अङ्कलको लास निकाले। ओहो अङ्कलले त आत्महत्या पो गरेछन् । बाबाले भन्नू भएको बलात्कारको अभियोगमा सजाय पाएकाहरुको लास आत्महत्या गर्यो भनेर आएको छ रे धेरै ठाँउमा , अब त्यो कुरा त मोर्निलाइ नै थाहा होला । जति सुकै ठुला कुरा गरेपनि , जतिनै परिवर्तन समाजको कुरा गरे पनि त्यो घटना पछि समाजले मलाइ हेर्नी दृष्टिमा निकै नै परिबर्तन गर्न आउन थालेको थियो ।

कसै कसैले त बिचरिको जिन्दगी बर्बाद भयो भन्दै मलाई बताउने गर्थे यो सुन्दा मेरो पुरिन आटेको घाउ फेरि बल्जिन्थ्यो अनि कता कता मुटुमा चिसिक्क पार्थ्यो । दिन दिनैका यिनी कुराले गर्दा बाबालाइ सहिसक्नु भएन त्यसैले मेरो भबिस्य बिग्रन्छ कि भन्ने डरले त्यो ठाउ छाडेर नारायणगढमा बसाइ सर्यौ ।

मैले अहिले बिबाह गरेको सात बर्ष भयो । मेरो श्रीमान ट्याक टुक कम्पनीको मालिक हुनु हुन्छ । मेरो अहिले एउटि तीन बर्षकि छोरि पनि छ । मेरो बारेमा मेरो परिवारलाई सबै थाहा छ । मलाई बरु त्यो घटान पछि कता कता अफ्ठ्यारो महसुस हुन्छ तर मेरो श्रीमानले त्यस विषयमा कहिलै नराम्रो ठान्नु भएन , बरु आफैले भन्नू हुन्छ तिमी बलात्कृत हुनुमा तिम्रो कुनै दोस छैन तिमिले कत्ती पनि नराम्रो नठान ।

मैले तिमिलाइ आजसम्म त्यो विषयमा कहिलै केही भनेको छैन दुनियाँले तिमिलाइ के भन्छ त्यसमा तिमिले ध्यान नै नदेउ । मैले कसैसङ लुकाउन खोजे पनि उहाले कहिलै लुकाउन दिनु हुन्न अनि भन्नू हुन्छ तिमी मात्र होइन कति त्यस्ता नारीहरु छन जस्ले नचाहदा नचाहदै पनि आफ्नो इज्जत गुमाएका छन तिनीहरुका लागि तिमी एक उदाहरण बनेर उभिनु पर्छ । तिमिलाइ देखेर अरुलाई पनि जिउने हौसला मिल्ने छ, मैले पनि त्यो घटना बिर्सेर उनी जस्तै जोस जागर बोकेर हिड्नु पर्छ भन्नी साहस दिलाउनु पर्छ जस्ले गर्दा उनिहरुलाइ पनि त्यो घटना बिर्सेर नया जीवनको सुरुवात गर्न हौसला मिल्ने छ त्यसैले तिमिले नलुकाउने गर ।

उहाकै कारणले आज मैले यो घटनाको बारेमा जो आउँछ खुलेर कुरा गर्न थालेकी छु । आजभोलि कसैसङ मुख खोल्दा मलाइ अलिकति पनि अफ्ट्यारो महसुस हुदैन । उहाकै हौसलाका कारण आज म ...... बैंकको म्यानेजर छु । हो, त्यो घटना नै मेरो जिबनको सबैभन्दा ठुलो बिपत्ति थियो त्यसलाइ मैले नडगमगाइकन सामाना गरेर आए ।

बिचमा त मैले हार खाइसकेकी थिए मलाइ यस्तो लाग्थ्यो कि अब यो जीवन जिउनुको कुनै फाइदा नै छैन , म सङ्ग यो स्वार्थी दुनियाँसङ लड्न सक्ने खुबि नै छैन भनेर हार मानेर यो जीवन त्याग्ने निर्णय पनि लिएकी थिए धन्न त्यो बेला गलत निर्णय गर्नबाट जोगिन पुगिछु , त्यसैले त यो सुन्दर जीवन जिउन पाए । मेरो तितो अतीत आज मेरो सबै भन्दा ठूलो शक्ति भनेको छ त्यसैको कारणले त मैले यो स्वार्थी दुनियाँ चिन्न पाए ।

लेखक : खुमानन्द ज्ञवाली (बिस्णु)

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार