Logout

चर्चामा

कर्णालीमा आज सार्वजनिक बिदा

447 Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । 

चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैते दशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । कर्णालीमा चैतेदशैँलाई अन्य चाड पर्वझै उत्सवका साथ मनाउने गरिन्छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ । 

प्रदेश सरकारले चैतेदशैँका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक बिदा दिँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार