Logout

चर्चामा

स्याङ्जा–१ मा काँग्रेस उम्मेदवार भरतराज ढकालको ‘दशबुँदे भरत भिजन’ सार्वजनिक, विकास र सुशासन मुख्य एजेन्डा

202 Shares

 


स्याङ्जा, फागुन ५ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जा क्षेत्र नं।–१ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएसँगै दल तथा उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो र विभिन्न कार्यक्रममार्फत आ–आफ्ना एजेन्डा प्रस्तुत गर्न व्यस्त देखिन्छन्।

यसैक्रममा ८८नेपाली काँग्रेस८८का उम्मेदवार ८८भरतराज ढकाल८८ले घोषणापत्र, प्रतिबद्धतासँगै ‘दशबुँदे संकल्प ९भरत भिजन०’ सार्वजनिक गर्दै चुनावी अभियानलाई थप प्रभावकारी बनाएका छन्। अन्य उम्मेदवारहरू परम्परागत घोषणापत्रमै सीमित रहँदा ढकालले स्पष्ट कार्ययोजना र समयसीमासहितको संकल्प सार्वजनिक गरेपछि मतदातामाझ चासो बढेको देखिन्छ।

ढकालले सार्वजनिक गरेको दशबुँदे संकल्पमा स्वामित्व, उत्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यमशीलता, कला तथा पर्यटन, सामाजिक कल्याण, जोखिम व्यवस्थापन र सुशासनलाई विकासका मुख्य आधारका रूपमा समेटिएको छ। उनले यी विषयलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनामा विभाजन गरी कार्यान्वयन गर्ने स्पष्ट खाका प्रस्तुत गरेका छन्।

नागरिक स्वामित्वमा विकास आयोजना

संकल्पको पहिलो बुँदामा स्वामित्वलाई प्राथमिकतामा राख्दै ढकालले जिल्लावासीको लगानी र सहभागितामा पब्लिक कम्पनी स्थापना गर्ने अवधारणा अघि सारेका छन्। सो कम्पनीमार्फत कृषि, उत्पादन र रोजगारीसँग जोडिएका गौरवका आयोजना सञ्चालन गरी स्थानीय अर्थतन्त्र बलियो बनाउने लक्ष्य राखिएको छ।

‘एक वडा, एक उत्पादन’ मार्फत आत्मनिर्भरता

दोस्रो बुँदामा उत्पादनलाई केन्द्रमा राख्दै ‘एक वडा, एक उत्पादन’ प्रणाली लागू गर्ने योजना प्रस्तुत गरिएको छ। यसबाट स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै उद्यमशीलता प्रवर्द्धन, आयआर्जन वृद्धि र रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।

व्यवहारिक र प्रविधिमैत्री शिक्षा

तेस्रो बुँदामा शिक्षा क्षेत्रलाई समेट्दै ढकालले अनिवार्य, व्यवहारिक, बजार उपयोगी र प्रविधिमैत्री शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय आवश्यकताअनुसारको सीपमूलक शिक्षा र गुणस्तरीय शैक्षिक पूर्वाधार विकासमा विशेष जोड दिइने उल्लेख गरिएको छ।

सर्वसुलभ स्वास्थ्य सेवा

चौथो बुँदामा स्वास्थ्य क्षेत्रलाई समावेश गर्दै उनले स्वास्थ्य बीमाको दायरा विस्तार गरी सबै नागरिकलाई अनिवार्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्प गरेका छन्। ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने योजना पनि समेटिएको छ।

पूर्वाधारमा समान पहुँच

पाँचौँ बुँदामा पूर्वाधार विकासलाई जोड दिँदै स्वच्छ खानेपानी, नवीकरणीय ऊर्जा, सडक सञ्जाल, इन्टरनेट तथा खेलकुद पूर्वाधारमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।

युवा उद्यमशीलता प्रवर्द्धन

छैटौँ बुँदामा युवा उद्यमशीलता विकासलाई प्राथमिकतामा राखिएको छ। व्यवसाय इन्कुवेशन, प्रविधिमा पहुँच, प्रतिस्पर्धी क्षमता अभिवृद्धि र संस्थागत संरचना निर्माणमार्फत युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने योजना रहेको छ।

कला, संस्कृति र पर्यटन विकास

सातौँ बुँदामा कला तथा पर्यटन क्षेत्रलाई समेट्दै स्थानीय कला, संस्कृति, ऐतिहासिक सम्पदा, जैविक विविधता र प्राङ्गारिक उत्पादनको संरक्षण तथा प्रवर्द्धनमार्फत पर्यटन विकास गर्ने संकल्प गरिएको छ।

लक्षित सामाजिक कल्याण कार्यक्रम

आठौँ बुँदामा सामाजिक कल्याणअन्तर्गत महिला, ज्येष्ठ नागरिक, पिछडिएका वर्ग, गरिब तथा विपन्न समुदायका लागि लक्षित कार्यक्रम सञ्चालन गर्ने तथा राहत कोष स्थापना गर्ने योजना समावेश गरिएको छ।

जोखिम व्यवस्थापन र सुरक्षा

नवौँ बुँदामा जोखिम व्यवस्थापनतर्फ जङ्गली जनावर ९बाँदरलगायत० बाट हुने क्षति र प्राकृतिक प्रकोप न्यूनीकरणका लागि विशेष कार्यक्रम तथा जोखिम कोष स्थापना गर्ने उल्लेख गरिएको छ।

सुशासन र पारदर्शिता

दशौँ तथा अन्तिम बुँदामा तीनै तहका सरकार र गैरसरकारी संस्थासँग समन्वय गर्दै आधारभूत सेवा प्रवाह, सार्वजनिक सुनुवाइ र आर्थिक पारदर्शिता सुनिश्चित गर्ने गरी सुशासन कायम गर्ने प्रतिबद्धता गरिएको छ।

काँग्रेस स्याङ्जा क्षेत्र नं।–१ का नेताहरूका अनुसार ढकालको ‘भरत भिजन’ स्थानीय आवश्यकता र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर तयार गरिएको योजनाका रूपमा लिइएको छ। मतदातामाझ पनि यसले सकारात्मक सन्देश दिएको उनीहरूको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार