Logout

चर्चामा

रौतहटमा नक्कली नोटसहित दुई युवक पक्राउ

284 Shares

undefined

रौतहट । रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको वृन्दावन नगरपालिका–९ विश्रामपुरस्थित विशाल किराना पसलमा नक्कली नोट दिएर पेट्रोल खरिद गर्न खोज्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा वृन्दावन नगरपालिका–२ का २२ वर्षीय दिनेश पटेल र सर्लाहीको बरहथवा नगरपालिका–१ का २० वर्षीय विवेकप्रसाद यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बिष्णु प्रदिप बस्यालका अनुसार उनीहरूले किराना पसलमा एक हजार दरको नक्कली नोट दिएका थिए ।

नोटमा शंका लागेपछि पसलेले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी विश्रामपुरबाट खटिएको टोलीले बिआर.३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्दा दिनेश पटेलको साथबाट १२ थान र विवेकप्रसाद यादवले मोबाइल कभरमा लुकाएको २ थान गरी जम्मा १४ थान एक हजार दरका नक्कली नोट फेला पारेको हो ।

बरामद नोट र मोटरसाइकलसहित दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी बस्यालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार