काठमाडौं, २८ माघ २०८२ – आईसीसी टी(२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ। अहमदाबादमा बुधबार भएको खेलमा दुवै टोलीले निर्धारित २० ओभरमा १८७–१८७ रन बनाएपछि खेल पहिलो सुपर ओभरमा पुगेको थियो।
पहिलो सुपर ओभरस् बराबरीको रोमाञ्चक खेल
पहिलो सुपर ओभरमा अफगानिस्तानले १७ रन बनाए। त्यसपछि दक्षिण अफ्रिकाले पनि १७ रन बनाउँदै खेल दोस्रो सुपर ओभरमा पुर्यायो। यो विश्वकप इतिहासमा पहिलोपटक भएको घटना हो, जहाँ एउटै खेलमा दुई सुपर ओभर खेलेको छ।
दोस्रो सुपर ओभरस् दक्षिण अफ्रिकाको विजय
दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २३ रन जोडेर अफगानिस्तानलाई २४ रनको लक्ष्य दिएको थियो। जवाफमा अफगानिस्तानले सुरुवाती दुई बलमा रन नबनाइ मोहम्मद नाबीको विकेट गुमायो। त्यसपछि आएको रहमनुल्लाह गुरबाजले लगातार तीन छक्का प्रहार गरे र अफगानिस्तानलाई जितको सम्भावना दिइरहे।
तर, खेलको अन्तिम समयमा अफगानिस्तानको भाग्यले साथ दिएन। १ बलमा ६ रन आवश्यक हुँदा एक वाइड आयो, त्यसपछि गुरबाज आउट भए। अन्ततः अफगानिस्तानले १९ रन मात्रै बनाउँदै हार स्वीकार्यो।
नियमित ओभर खेलको सारांश
दक्षिण अफ्रिकास् २० ओभरमा ६ विकेट गुमाएर १८७ रन।
रायन रिकेल्टनस् ६१ रन
क्विन्टन डिककस् ५९ रन
डेवाल्ड ब्रेभिसस् २३ रन
डेभिड मिलरस् अविजित २० रन
अफगानिस्तानस् २० ओभरमा १८७ रन, सबै विकेट गुमाएर।
रहमनुल्लाह गुरबाजस् ८४ रन ९४२ बल०
मोहम्मद नाबीस् प्रारम्भिक विकेट
बोलिङ प्रदर्शनस्
लुङ्गी एङ्गिडी ९दक्षिण अफ्रिका०स् ३ विकेट
मार्को यानसेन, कगिसो रबाडा, जर्ज लिन्डे, केशव महाराजस् १–१ विकेट
अजमतुल्लाह ओभरजाइ ९अफगानिस्तान०स् ३ विकेट
राशिद खानस् २ विकेट
खेलको रोमाञ्चक क्षण
अन्तिम ओभरमा अफगानिस्तानलाई १३ रन आवश्यक थियो र केवल एक विकेट बाँकी थियो। कगिसो रबाडाले पहिलो बलमा विकेट लिएका थिए, तर नो बल घोषणा भयो। त्यसपछि आएर निरन्तर दबाबमा राख्ने बलिङ गरे। नूर आलमले छक्का प्रहार गरे पनि, अन्ततः अफगानिस्तानको नन(स्ट्राइक ब्याटर फजलहक फारुकी रन आउट भए र विजय दक्षिण अफ्रिकाको भयो।